३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

स्व.भिक्षु अश्वघोषको श्रद्धाञ्जली सभा आईतबार 


प्रकाशित: बुधवार, ४ बैशाख २०७५, ०८ः२० बजे
- महानगरखवर

काठमाडौं । संघ नायक भिक्षु स्व.अश्वघोष महास्थवीरको सम्झनामा बैशाख ८ गते आईतबार राष्ट्रियसभा गृहमा श्रद्धाञ्जली सभा कार्यक्रम गरिने भएको छ । 


अनित्यस्मरणसहित गुणानुस्मरण एवं श्रद्धाञ्जली सभाको निमन्त्रणामा सबैलाई उपस्थितीको लागि अखिल नेपाल भिक्षु महासंघको महासचिव भिक्षु कोण्डन्यले आमन्त्रण गरेका छन । 


नेपालका छैठौं संघनायक, नेपालमा श्रामणेररभिक्षु तालिम केन्दका प्रणेता, अखिल नेपाल भिक्षु महासंघका संरक्षक ९३ वर्षको उमेरमा गत बैशाख २२ गते शुक्रवार निधन भएको थियो । 


सो श्रद्धाञ्जली सभामा भिक्षु अश्वघोष महास्थविरको बुद्धशासनिक योगदान स्मरण गरिनुका साथै उनको सुगतिसहित निर्वाण कामनार्थ गरिने छ ।  


कार्यक्रम दिउँसो २ बजे राष्ट्रिय गृहको सभा हलमा हुने आयोजकले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex