११ आषाढ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

एनएमबीले ल्यायो ‘सबैको सहारा बचत खाता’


प्रकाशित: सोमबार, २ बैशाख २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौँ । एनएमबी बैंकले सोमवार देखि ‘सबैको सहारा बचत खाता’ सञ्चालनमा ल्याएको छ । 


वित्तीय साक्षरता अभिवृद्धि तथा हरेक नेपालीको एक बैंक खाता लक्ष्य साकार तुल्याउने सरकारको नीतिलाई कार्यान्वयन गर्न सो खाता सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । 


बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले शून्य मौज्दातमा खाता खोल्न सकिने र त्यसमा बैंकले तत्काल रु एक सय जम्मा गरिदिने बताए । 


खातामा सर्वाधिक व्याजदर, निःशुल्क डिम्याट खाता, निःशुल्क मोबाइल बैंकिङ, निःशुल्क इन्टरनेट बैंकिङ तथा डिलाइट एटिएम कार्डको माध्यमबाट नेपालभरिका जुनसुकै एटिएमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको जानकारी कार्यकारी अधिकृत केसीले जानकारी दिए । 


अधिकृत केसीले सो खातामा प्रत्येक ग्राहकको अग्रिम बीमा सुरक्षण गरिन जनाएको छ । 


यस खाता अन्तर्गत खातावालको दुर्घटना मृत्यु वा दुर्घटनाका कारण स्थायी रुपमा अङ्गभङ्ग भएमा वा क्यान्सर, किड्नी निष्क्रियता, लिभरको रोग, मस्तिष्कघात, हृदयाघात, प्यारालाइसिस आदि जस्ता १८ गम्भीर रोगमध्ये कुनै एउटा रोग लागेको खण्डमा खातावाल या निजको नजीकको हकवालालाई रु १० लाखसम्मको बीमा रकम उपलब्ध गराइनेछ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex