काठमाडौं । बहुप्रतिक्षित चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने मोटरेबल पुल ‘आर्क व्रिज’ जेठबाट सञ्चालनमा आउने भएको छ ।
पुलको ९५ प्रतिशत काम सम्पन्न भइसकेको निर्माण कम्पनी इ–राइड एडभेञ्चर लोहनी जेभीका प्रबन्ध निर्देशक मोतीलाल शर्माले जनाएको छ ।
शर्माका अनुसार रेलिङ, फुटपाथ र वायरिङको काम मात्र बाँकी रहेको काम पुरा भएपछि जेठबाट सो व्रिज सञ्चालनमा आउने छ ।
मुग्लिनको पुरानो पुल जीर्ण र कमजोर भएपछि ०७१ बाट यसको निर्माण थालिएको थियो ।
नेपाली इञ्जिनीयरले डिजाइन गरेको यो दोस्रो आर्क ब्रिज हो । पहिलो चोभारमा परीक्षणका रूपमा निर्माण गरिएको छ । यो पुल नेपालमा निर्माण हुँदै आएका पुलका डिजाइनभन्दा फरक भएको निमार्णकर्ताको दावी छ ।
विश्व बैंकको रु १२ करोड लागतमा यो पुल निर्माण गर्न लागिएको हो । एक सय ६० मिटर लामो पुल ११ मिटर चौडाइको हुनेछ ।
Categorized in समाज