३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

काठमाडौंबाट दिक्तेल गएको बस हलेसीमा दुर्घट्नामा एकको मृत्यु १४ घाईते


प्रकाशित: मंगलवार, ३ बैशाख २०७५, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंबाट दिक्तेल गएको बस हलेसीमा दुर्घट्ना हुँदा एकको मृत्यु १४ घाईते भएका छन । 


गए राति ११ बजे हलेसी तुवाचुङ नगरपालिका–७ रिट्ठाबोटेमा दुर्घटना हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ३२ वर्षीय प्रजबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । 


ना४ख ७४११ नंको बसमा चालक र सहचालक सहित १५ जना सवार रहेका थिए । 


 जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीका अनुसार दुर्घटनामा गम्भीर घाइते बनेका राईको एम्बुलेन्समार्फत उपचार गराउन जिल्ला अस्पताल दिक्तेल ल्याउने क्रममा बाटैमा मृत्यु भएको हो ।


घाइतेमध्ये चालकसहित सातलाई थप उपचारका लागि काठमाडौँको त्रिवि शिक्षण अस्पताल ल्याएको छ भने अन्य छ जनालाई जिल्ला अस्पताल दिक्तेलमा उपचार भईरहेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex