१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

स्थानीयवासीको १८८ रोपनी जग्गा बागमती नदीमा परेपछि सडक निर्माणमा रोक


प्रकाशित: सोमबार, २ बैशाख २०७६, १८ः३० बजे 
- महानगरखवर

काठमाडौँ । बाग्मती सौन्दर्य अभिबृद्धि गर्ने उदेश्यले वाग्मती किनारमा सडक निर्माण गर्ने क्रममा स्थानीयवासीको १८८ रोपनी जग्गा नदीमा परेपछि स्थानीयले सडक निर्माणमा अवरोध गरेका छन । 


गोकर्णेश्वरबाट गुह्येश्वरीसम्मको नदीमा बहाब क्षेत्र कायम गरी किनारमा सडक निर्माण गर्दा स्थानीयवासीको सो जग्गा नदीमा परेको थियो । 


गत फागुन २८ गते शहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले स्थानीयवासीसँग सम्झौता गरी गत चैत ३० गतेसम्म मन्त्रिपरिषद्बाट प्रस्ताव पारित गराई मुआब्जा दिने प्रतिबद्धता जनाएपनि काम अघि नबढेपछि स्थानीयले आफ्नो लालपूर्जाको जग्गामा भएको जग्गामा टहरा निर्माण गर्न थालेको छ । 


वाग्मती कोरिडोर रहेको सडकमा बनाइएको टहरा मुआब्जा नपाएसम्म नहटाउने पीडितले बताएका छन । वाग्मती पीडित किसान सङ्घर्ष समितिका अध्यक्ष निरञ्जन पुडासैनीका अनुसार वाग्मती पीडितले गत फागुन दोस्रो साता पनि काम रोकेका थिए । 
स्थानीयवासीले २०५५ सालदेखि विरोधका कार्यक्रम गर्दै आएका छन । 


यस अघि विसं २०५७, २०६५, २०६७ र २०७४ मा गठन भएका आयोगले पनि किसानलाई मुआब्जा दिनुपर्ने प्रतिवेदन मन्त्रालयलाई बुझाएको छ ।



विसं २०७५ मङ्सिर १२ गते अधिकार सम्पन्न वाग्मती समितिले गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी मुआब्जा दिने सार्वजनिक गरेपनि प्रक्रिया अघि बढ्न नसकेको पीडित बलराम चौलागाईंले बताए । 


वाग्मतीमा गोकर्णेश्वर, कागेश्वरी मनोहरा, काठमाडौँ महानगरापालिका–६ र ७ का स्थानीयवासीको १८८ रोपनी जग्गा परेको समितिले जनाएको छ ।


अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत समितिले एशियाली विकास बैंक(एडीबी) को ऋण सहयोगमा गरिरहेको वाग्मती सौन्दर्य अभिवृद्धिको कार्य अघि बढाएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex