काठमाडौं । नेवाः गुठी ग्रिनहिलसिटीुको आयोजनामा वरिष्ठ संस्कृतिविद् तथा वाङ्मय शताव्दी पुरुष सत्यमोहन जोशीको १०० औं शुभजन्मोत्सवको उपलक्ष्यमा नेवाः गुठीका अध्यक्ष वरिष्ठ कलाकार पुरण जोशीले सम्मान गर्नु भयो ।
प्रमुख अतिथि जोशीले नेवास् गुठी सातौ शताब्दी राजा शिवदेवको पालादेखि नेवारहरु गुठीमा आवद्ध भै बसेकोबारे प्रकाश पार्नुभयो ।
विशेष अतिथि नेवाः दे दवुका अध्यक्ष नरेश ताम्राकारले शुभकामना मन्तव्य दिदै नेवार जातिको योगदान र विशेषताबारे प्रकाश पार्नुभयो ।
प्रमुख अतिथि जोशीको एकसय वर्षको शुभजन्मोतसव मनाएर गुठीको पहिलो कार्यक्रम मै नव वर्ष मनाउन पाएकोमा आजको दिन ऐतिहासिक दिनको रुपमा सम्झना रहने कलाकार जोशीले बताउनु भयो ।
गुठीका अध्यक्ष पुरण जोशीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा ग्रिनहिल सिटीमा बसोबास गर्ने नेवार जातिद्वारा सञ्चालित गुठीको प्रमुख अतिथि जोशीले लोगोको अनावरण गरेर गुठीका सदस्यहरुलाई सदस्यताको प्रमाणपत्र प्रदान गर्नु भयो ।
कार्यक्रममा वरिष्ठ कलाकारहरु शिव श्रेष्ठले शुभकामना मन्तव्य दिनु भयो भने वरिष्ठ कलाकार प्रकाश अधिकारी, प्रा. राजेश्वर श्रेष्ठ, लगायतको विशेष उपस्थित रहेको थियो भने कार्यक्रममा सानु ताम्राकारको जादु र राजेश वादेको नेवार सांस्कृतिक नृत्यले अतिथिहरु रमाएका थिए ।
Categorized in समाज