१३ भाद्र २०८३, शनिबार
Header

अण्डरलाईन थपेर आयोगमा नेपाल कम्युनिष्ट पार्टी दर्ता


प्रकाशित: बिहिबार, ३ जेठ २०७५, २१ः४० बजे
- बिजयकृष्ण श्रेष्ठ

काठमाडौं । बहुप्रतिक्षीत एमाले– माओवादी एकिकरण घोषणा भई औपचारिक रुपमा नेपाल कम्युनिष्ट पार्टी भएको छ । नेपाल कम्युनिष्ट पार्टी नाम राखी निर्वाचन आयोगमा दर्ता गर्ने क्रममन यस अघि सो नामको दल दर्ता देखिएकोले आयोगले नामको तल अन्डरलाईन थप गरि निवेदन दर्ता गरेकको छ ।


२००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टीको दुई मुख्य धार एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी बनेको छ । नेपालको संसदमा पहिलो र तेस्रो दलको रूपमा रहेका यी दलहरू एकीकरण भए पछि मुलुकमा रहेको केपी ओली नेतृत्वको सरकार पनि बहुमत प्राप्त दलको रूपमा स्थापित भएको छ ।


दिउँसो ४ बजे तत्कालीन नेकपा (एमाले) का तर्फबाट अध्यक्ष केपी शर्मा ओली र तत्कालीन नेकपा  (माओवादी  केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचन आयोगमा पुगी दल एकीकरण भएको सूचना दिए पछि निर्वाचन आयोगले अन्डरलाइन लेखी नेपाल कम्युनिस्ट पार्टी नामक दल दर्ता भएको जनाउ दिएको हो ।

 
यसको लगत्तै साँझ राष्ट्रिय सभामा भएको घोषणा सभामा नेता माधव कुमार नेपालले ६ बुँदे घोषणा सुनाउनु भयो । कम्युनिस्ट पार्टीमा समान अध्यक्ष रहनुभएका प्रचण्डले एकता नेपालको आवश्यकता र नेपाली जनताको इच्छा र आकांक्षालाई सम्बोधन गर्न भएको बताउनुभयो  ।


यसै गरी सम्बोधनकै क्रममा अर्का अध्यक्ष रहनुभएका ओलीले अबको ३ महिनाभित्र सबै तहका एकीकरणको प्रक्रिया सम्पन्न हुने कुरा बताउनुभयो । यस भन्दा अगाडि बालुवाटारमा एकीकृत भई बनेको पार्टीमा केन्द्रीय सदस्यहरुको सपथ ग्रहण भएको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex