३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

स्ववियु निर्वाचन गर्न जेठ दोश्रो साता प्रस्ताव


प्रकाशित: शुक्रवार, २९ चैत २०७५, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । स्ववियु निर्वाचन आगामी जेठको दोश्रो साता गर्न त्रिभुवन विश्वविद्यालयले प्रस्ताव गरेको छ । 


बिहीबार केन्द्रीय स्ववियु निर्वाचन समन्वय समितिले विद्यार्थी संगठनहरुसँग गरेको संयुक्त छलफल पछि सो नयाँ प्रस्ताव गरिएको हो । 


छलफलमा समिति अध्यक्ष एवन त्रिभुवन विश्वविद्यालयकी रेक्टर प्रा.डा. सुधा त्रिपाठीले परीक्षा लगायतका कार्यक्रम नभएकाले जेठ दोस्रो साता स्ववियु निर्वाचन गर्नु उपयुक्त हुने प्रस्ताव गरेकी थिईन । 


बैठकमा नेकपा सम्बद्ध अनेरास्ववियु र अनेरास्ववियू अखिल (क्रान्तिकारी) तथा मोहन वैद्य र नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारीका नेताहरु सहभागी थिए ।


यसैगरी नयाँ शक्ति पार्टी निकट नयाँ शक्ति विद्यार्थी युनियन, संघीय समाजवादी फोरम निकट समाजवादी विद्यार्थी फोरम, राजपा निकट विद्यार्थी संगठन, नेमकिपा निकट नेपाल क्रान्तिकारी विद्यार्थी संघ, राप्रपा निकट राप्रविसं, राप्रपा संयुक्त निकट राप्रविसं ९संयुक्त०, आदिवासी जनजाति विद्यार्थी महासंघ र नेपाल प्रगतिशिल विद्यार्थी युनियनका प्रतिनिधि बैठकमा सहभागी थिए ।


यसअघि फागुन १४ गते हुने भनिएको स्ववियु चुनाव हुन नसकेपछि नयाँ मिति प्रस्ताव गरिएको हो ।


सो छलफलमा नेपाल विद्यार्थी संघका नेताहरुको उपस्थिती भने थिएन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex