८ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

ओलम्पियनद्वय दिपक विष्ट र स्नेह राज्य लक्षमी राणालाई सांसद श्रेष्ठद्धारा विदाई


प्रकाशित: मंगलवार, २६ चैत्र २०७५, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । स्वीजरल्याण्डमा हुन गईरहेको नवौं ईण्टरनेशनल एथलेट्स फोरममा भाग लिन जाने ओलम्पियनहरु अदिपक विष्ट र स्नेह राज्य लक्षमी राणालाई सांसद जीवन श्रेष्ठले मंगलावर विदाई गरेका छन ।


नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेका सांसदले ओलम्पिक मुभमेण्ट्स र ओलम्पियनको महत्व बारे प्रकाश पार्दै सकरात्मक सोचका साथ सहभागी भएर लगनसिलता सहित गतिविधिहरु सिक्न र त्यसलाई नेपालको परिवेशमा लागु गर्न सुझाव दिए । 


यही अप्रेल १३ देखी १७ सम्म अन्र्तराष्ट्रिय ओलम्पिक कमिटी को प्रधान कार्यालय स्वीट्जरलैण्डको लुसान शहरमा हुने प्रतियोगितमा राणाले नेपाल ओलम्पिक कमिटीको तर्फबाट प्रतिनिधित्व गर्ने छन भने विष्टले ईण्टरनेशनल एथलेट्स फोरम अन्र्तगत सहभागित जनाउने छन । 


सो विदाई कार्यक्रममा मेडिकल कमिशनका अध्यक्ष डा. सरोज कृष्ण श्रेष्ठ, ओलम्पियन उमेश मास्के र नेपाल राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठकोे उपस्थिती रहेको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex