काठमाडौं । बारा– पर्सा हवाहुरी प्रभावितलाई ग्लोबल नेपाल नेटवर्कले ५०० वटा झुल प्रदान गरेको छ ।
नेटवर्कका संयोजक सुनिल कुमार शाक्यले दिएको जानकारी अनुसार काठमान्दौं बाट नेटवर्कका शुभचिन्तकहरु बारा पर्सा सम्म गएर पिडित स्थानीय बासिन्दाहरुको हातमा वितरण गरेका थिए ।
राहत सामग्री झुल व्यवस्थापन नेटवर्कका संयोजक सुनिल कुमार शाक्य तथा जनक राज शाक्यको आर्थिक सहयोगबाट भएको हो ।
संयोजक शाक्यले मानवीय कार्यमा सहयोग गरेकोमा सम्पूर्ण साथीहरुलाई नेटवर्ककोतर्फ बाट हार्दिक धन्यवाद ज्ञापन व्यक्त समेत गरेका छन ।
Categorized in समाज