३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

देश फिजी र सिक्किम हुने खतार बढ्योः केसी


प्रकाशित: सोमबार, २५ चैत्र २०७५, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अंगीकृत नागरिकलाई वंशजको नागरिकता दिने सरकारको निर्णय राष्ट्रघाती भएको आरोप लगाएका छन ।


उनले विदेशीलाई प्रधानमन्त्री, मन्त्री, सांसद, सेनापति बनाउने गरी अंगीकृत नागरिकलाई जन्मको आधारमा नागरिकता बाँड्ने षड्यन्त्रको बताएका छन । 


अखिल नेपाल शिक्षक संघको सोमबार बुटवलमा आयोजित पाँचौ राष्ट्रिय परिषद् उद्घाटन गर्दै अध्यक्ष केसीले छलफलको लागि संसदमा रहेको नागरिकता विधेयक खारेज गर्नुपर्ने बताए ।


संसदमा रहेको नागरिकता विधेयक खारेज नभए नेपालमा विदेशीको बहुमत हुने र नेपाली जनता अल्पमतमा पर्ने अध्यक्ष केसीको दावी छ ।


अंगीकृत नागरिकलाई वंशजको नागरिकता दिने गरी संसदमा रहेको विधेयक पास भएमा देश हेर्दाहेर्दै फिजी, सिक्किम हुने खतरा रहेको बताए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex