३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

कारको ठक्करबाट मोटरसाईकल सवार लामाको मृत्यु, खड्गी घाईते


प्रकाशित: सोमबार, २५ चैत्र २०७५, १०ः०५ बजे
- महानगरखवर

काठमाडौं । भक्तपुरको सुर्यविनायक नगरपालिका १० भातेढिकुरमा जगातीबाट आईतबार बनेपातर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको कारको ठक्कर बाट एकको मृत्यु भएको छ भने एक घाईते भएका छन । 


बा४९प ५४२७ नंको मोटरसाइकललाई बा१९प ५०८९ नंको कारले ठक्कर दिएको प्रहरीले जनाएको छ ।  


प्रहरीका अनुसार ठक्करबाट मृत्यु हुनेमा मोटरसाइकल चालक काभ्रे बेथानचोक गाउँपालिका–६ का ३४ वर्षीय दीपेन्द्र लामा रहेका छन ।  


उनको मृत्यु मध्यपुर अस्पताल ठिमीमा उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताए । 


मोटरसाइकलमा पछाडि सवार काठमाडाँै महानगरपालिका–३० बस्ने ३९ वर्षीय पञ्च खड्गीको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।


प्रहरीले दुवै सवारीसाधन र कार चालक भक्तपुर सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने ३४ वर्षीयको राजकुमार गौतमलाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex