काठमाडौँ । सङ्घीय समाजवादी फोरम, नेपालको गोकर्णेश्वर नगर समिति गठन गरिएको छ ।
श्रीकृष्ण नगरकोटीको अध्यक्षतामा ११ नगर समिति गठन भएको फोरमले जनाएको छ ।
समितिको उपाध्यक्षद्धयमा राजेन्द्र भुसाल, विष्णु लोप्चन, सचिव देवी प्रसाद पौडेल ,उपसचिव दिया पौडेल ,कोषाध्यक्ष देवकला वराइली र सदस्यरुमा नैनकला प्रधान, यदुनाथ वास्ताकोटी, कमला पुरी , सूर्य लामा, एक बहादुर लामिछाने रहेका छन ।
फोरमका सहअध्यक्ष तथा पूर्वमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आथित्यमा गठन भएको सो समितिलाई जनताको आवश्यक्ता ध्यानमा दिँदै पार्टीको विचारलाई जनसमक्ष पुराउन आग्रह गरेका छन ।
श्रेष्ठले पहिचान र समृद्धि चाहने जनताका लागि नेपाल कम्युनिष्ट पार्टी र नेपाली काङ्ग्रेस जस्ता पुराना परम्परावादी दलहरू हिन्दूवादीहरूले थारो गाईलाई पनि गौमाता भनेर दानापानी ख्वाए जस्तो भएको बताएको छ ।
उनले पुराना दलहरूबाट जनताले आजसम्म अभाव, गरिबी र बेरोजगारी बाहेक के पाए भन्ने प्रश्न गर्दै भने, ‘थारो गाई ब्याउँदैन, नेकपा र काङ्ग्रेसबाट देश चल्दैन ।’
गोकर्णेश्वर नगरपालिकाका युवा नेता श्रीकृष्ण नगरकोटीको अध्यक्षतामा भएको उक्त भेलामा ससफो, नेपालका राजनीतिक समिति सदस्य नवराज दाहालले ससफो नेपाल सबै जाति जनजातिको साझा पार्टी भएको बताए ।
सो भेलामा केन्द्रीय सदस्य आङकाजी शेर्पाले राज्यमा सबैको पहुँचमा जोड दिएका थिए ।
भेलामा पार्टीका केन्द्रीय सदस्यहरूमा ३ नम्बर प्रदेश सहइन्चार्ज कृष्णवहादुर घःजु, अध्यक्ष लालवहादुर तामाङ, उपाध्यक्ष न्हुच्छेलाल महर्जन, मुख्य सचिव तारा सिं विश्वकर्मा, केन्द्रिय सदस्य केशव दाहालको उपस्थिती रहेको थियो ।
त्यसैगरी विष्णु पौडेल, मानवहादुर धामी, मोहन बराइली, वैकल्पीक के.स. तथा जिल्ला अध्यक्ष मनरत्न शाक्य, युवा फोरमका केन्द्रीय सदस्य दीपा खम्बू, स्थानीय बुद्धिजीवीहरू सुरेन्द्र पाठक, विजय लामा आदिको पनि उपस्थिति रहेको थियो ।
देवी प्रसाद पौडेलले सञ्चालन गरेको सो भेलालालाई चञ्चला पराजुलीले स्वागत गरेका थिइन ।
Categorized in राष्ट्रिय