काठमाडौँ । सङ्घनायक भिक्षु अश्वघोष महास्थवीरको राष्ट्रिय सम्मानका साथ आईतबार साँझ अन्त्येष्टि गरिएको छ ।
ढल्कोस्थित सङ्घराम विहारमा राखिएको पार्थिव शरीरलाई विजेश्वरी पु¥याएर अन्त्येष्टि गरिएको भिक्षु तपस्सी धम्मले जानकारी दिए ।
अन्त्येष्टिका क्रममा नेपाली सेनाले सम्मान स्वरुप सलामी दिएको थियो । भिक्षु अश्वघोषको गत शुक्रबार ग्राण्डी अस्पतालमा निधन भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रिगण, संसद्, विभिन्न देशका राजदूत श्रद्धाञ्जलिका लागि विहारमा पुगेका थिए । प्रधानमन्त्री उहाँको अवस्था बुझ्न गत फागुनमा अस्पताल समेत गएका थिए ।
आईतबार बसेको मन्त्रिपरिषद् बैठकले भिक्षुको निधनप्रति समवेदना व्यक्त गर्दै राष्ट्रिय सम्मान दिने निर्णय गरेको थियो ।
उक्त बैठकले भिक्षुका समस्त शिष्यगण, अनुयायी र बौद्ध समुदायप्रति समवेदना पनि व्यक्त गरेको थियो । भिक्षुृ अश्वघोष बहुदलीय व्यवस्थामा तत्कालीन नेकपा (एमाले) बाट तत्कालीन संसद्मा राष्ट्रियसभा सदस्यमा मनोनीत हुनुभएको थियो । नेपाली भिक्षु सांसदमा पुगेको त्यो नै पहिलो घटना थियो ।
Categorized in राष्ट्रिय