३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरभित्र १० बजे रातीसम्म बस चल्ने


प्रकाशित: आईतबार, २४ चैत्र २०७५, २०ः०० बजे  
- महानगरखवर

काठमाडौं । बेलुका ८ बज्दा नबज्दै महानगरभित्रको वस सेवा बन्द हुने अवस्थाले अब रात्रीकालिन यात्रुहरु चिन्तित नहनु पर्ने भएको छ । 


काठमाडौं महानगरपालिकाको आईतबार वसेको चौथो नगरसभाले सवारी तथा यातायात व्यवस्थापन ऐन, २०७५ स्वीकृत भएको छ ।


ऐन स्वीकृतसँगै अब काठमाडौं महानगरभित्रका बसले राती १० बजेसम्म अनिवार्य रुपमा यात्रुहरुलाई सेवा दिनुपर्ने छ । 


महानगरभित्रका रुटमा सञ्चालन हुने सार्वजनिक सवारीले कार्तिकदेखि माघ मसान्तसम्म बिहान ५ बजेदेखि राती ९ बजेसम्म र बाँकी महिना बिहान ५ बजेदेखि राती १० बजेसम्म बस सेवा सञ्चालन गर्नुपर्नेछ ।


सहरी यातायात सेवामा सर्वसाधारणको सहज र सुबिधाजनक पहुँच सुनिश्चित गर्ने उद्देश्यले यो ऐन जारी गरिएको हो । 


सार्वजनिक सवारी यात्रा गर्ने यात्रुले अनिवार्य टिकट लिनुपर्ने, कागजी टिकटलाई बिद्युतीय टिकटले बिस्थापन गर्नु पर्ने, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलाई परिचय पत्रका आधारमा सहुलियत उपलब्ध गराउनु पर्नेछ । 


सार्वजनिक यातायातले तोकिएको स्थानमा मात्र यात्रु चढाउने तथा ओराल्ने, चालक र सहचालकलाई पोशाक उपलब्ध गराउने, यात्रुलाई गुनासो गर्ने व्यवस्था मिलाउने, प्राथमिक उपचार सामाग्री, अग्नि नियन्त्रण उपकरण, फोहोर फाल्ने भाँडो अनिवार्य राख्नु पर्ने व्यवस्था गरिएको छ । 


अब महानगरसँग स्वीकृति नलिइ कुनै पनि सवारीमा प्रचार सामाग्री राख्नु नपाइने भएको छ । ऐनमा यात्रु, चालक र परिचालकका कर्तव्यहरु उल्लेख गरिएका छन ।


 टिकट काटेरमा मात्र यात्रा गर्ने, यात्राका क्रममा उत्पादित फोहोर तोकिएको स्थानमा मात्र फाल्ने, अरुलाई असर हुने क्रियाकलाप नगर्ने, यात्राका क्रममा मदिरा तथा सूर्तिजन्य बस्तुको सेवन नगर्ने, अश्लिल नबोल्ने, यौनजन्य हिंसा नगर्ने, लागूऔषधको ओसारपसार नगर्ने आचरणलाई यात्रुको दायित्वमा राखिएका छन ।


आचारणको पालना नगर्ने यात्रु, चालक, परिचालक र कम्पनीलाई सजाय सम्बन्धि व्यवस्था पनि ऐनले गरेको छ । यसरी गरिएका सजाय सम्बन्धि व्यवस्थामा कसुर हेरी न्युनतम १ सय रुपैयाँदेखि अधिकतम ५ हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ । त्यस्तै गम्भीर खालका गल्ती गर्नेलाई यातायात सञ्चालनमा रोक लगाउने सक्ने व्यवस्था गरिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex