१२ भाद्र २०८३, शुक्रबार
Header

प्रम ओली संघीयताको पक्षमा छैनः डा. भट्टराई


प्रकाशित: आईतबार, २४ चैत्र २०७५, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली संघीयताको पक्षमा नरहेको आरोप लगाएका छन ।


मगर राष्ट्रिय परिषदको संघीय भेलाको शनिबार बुटवलमा भएको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रममा डा. भट्टराईले सो कुरा बताएका हुन । 


भट्टराई प्रधानमन्त्री ओलीसंगै कांग्रेसका केही नेताहरुले आफूसँग भएको भेटमा संघीयता नमानेको भनाई राखेका थिए । 


उनले पहिचानका आधारमा प्रदेशको सिमांकनका लागि सशक्त आन्दोलन आवश्यक रहेको तर्क प्रस्तुत गरेका थिए । 


तत्कालीन कांग्रेस र एमालेसँगै माओवादीले पनि मगर, थारु र गुरुङहरुको पहिचान मेटाउने गरी प्रदेशहरुको सिमांकनमा सहमति जनाएपनि आफूलाई माओवादीप्रति वितृष्णा जागेको उनले बताए ।


उनले आदिवासी जनजाति, दलित, महिलाका अधिकार र भ्रष्टाचारको विरुद्ध फेरि एकपटक सशक्त आन्दोलन उठ्ने दावी गरे ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex