४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

संघनायक भिक्षु अश्वघोष रहेनन


प्रकाशित: शनिवार, २३ चैत्र २०७५, ११ः०० बजे
- महानगरखवर

काठमाडौं ।  नेपालका संघमहानायक भिक्षु अश्वघोष महास्थविर रहेनन् ।


९३ वर्षको उमेरमा शुक्रबार दिनको १ ः ३० बजे टोखास्थित ग्राण्ड इन्टरनेसनल हस्पिटलमा उहा“को निधन भएको छ । हस्पिटलको हाई उपचारमा युनिटमा उपचार गराईराखेका भिक्षुको स्वास्थ्य तीन सातादेखि गम्भीर बन्दै गएको थियो ।


भिक्षुमा रक्तचाप कम, मृर्गौला र मुटुमा समस्या र कलेजोमा पानी जमेको उपचार गराउ“दा गराउ“दै निधन भएको चिकित्सक अमित गौलीले जानकारी दिए । 


डेढ महिला अघि झाडा पखाला लागेर अस्पताल जमलस्थित ग्रान्डी सिटी अस्पतालमा उपचाररत रहेका थिए  । भिक्षुको स्वास्थ्यस्थित क्रमशः गम्भीर बन्दै गएपछि तीन साता अघि ग्राण्ड अस्पतालमा लगिएको थियो । केही साता अघि प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा पुगेर स्वास्थ्य अवस्था बारे जानकारी दिएका थिए । 


बुद्धको धर्मका विविध पक्षलाई सामाजिक, व्यावहारिक र जीवनपयोगी जोडेर अध्ययन गर्ने धाराको शुरुआत गरेका भिक्षु अश्वघोषलाई प्रगतिशील र सक्रिय भिक्षुको रुपमा चिनिन्छ । 


चिनिया कम्युनिष्ट नेता माओत्सेतुङसंगको भेटघाटबाट निकै प्रभावित भएका भिक्षु २०४७ सालदेखि २०४९ सालसम्म राष्ट्रिय सभाका सदस्य थिए । 


२०४७ सालको प्रजातन्त्र पुर्नबहालीपश्चात लोकतन्त्र र समानताको पक्षमा खरो र निर्भिक वतmाका रुपमा चिनिएका भिक्षु अश्वघोष महास्थविरले दुई वर्ष राष्ट्रिय सभा निर्वाह गरेको भूमिकालाई सम्झिनेहरु कम छैनन् ।


उनलाई २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी र अर्थमन्त्री भरतमोहन अधिकारीको विशेष जोडमा लुम्बिनी विकास कोषमा उपाध्यक्षमा नियुक्त गरेको थियो । 


उपाध्यक्षको रुपमा उनले निर्वाह गरेको भूमिकालाई त्यतिबेला एमालेका अध्यक्षले मनमोहन अधिकारी (जीवनको अन्तिम क्षणसम्म पनि) ले २०५६ सालको आम निर्वाचनमा ललितपुरको कार्तिक डबलीमा भाषण गर्दा पनि सम्झिनुभयो ।


चिनिया नेता माओत्सेतुङको भेटबाट प्रभावित यी भिक्षु धर्मलाई जीवन र सामाजिक परिर्वतनको माध्यम बनाउनुपर्ने धाराका पक्षपाती थिए । भिक्षुका करिब डेढ सय पुस्तक प्रकाशित भइसकेको छ । उनी नेपालमा भिक्षु संघको तालिमको अवधारणा भित्र्याउने पहिलो भिक्षु पनि हो । 


उनको अन्तिम श्रद्धाञ्जलीको लागि उहा“ले स्थापना गर्नुभएको संघाराम भिक्षु तालिम केन्द्रमा लगिने अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु कौण्डन्यले जानकारी दिए । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex