२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

कीर्तिपुरमा भेटियो लिच्वीकालिन मूर्ति


प्रकाशित: शुक्रवार, २२ चैत्र २०७५, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । कीर्तिपुरमा लच्वीकालिन पुरानो मूर्ति भेटिएको छ । 


कीर्तिपुर नगरपालिका–६, चारघरेमा उत्खननको क्रममा मूर्ति भेटिएको वृहत चारघरे धार्मिक समितिका सचिव विनोद बस्नेतले बताए । 


२०७२ सालको विनासकारी भूकम्पले भत्किएको जालपादेवी मन्दिर उत्खननका क्रममा नागकन्या र लक्ष्मीको मूर्ति भेटिएको हो । खन्ने क्रममा मूर्तिको सानो टुक्रा भने चोइटिएको छ । 


त्यस्तैगरी उत्खननको क्रममा मन्दिरको भग्नावशेषबाट कुँदिएका ढुंगा र सिक्कासमेत भेटिएका छन ।


मन्दिर पुनर्निर्माण समितिको आग्रहपछि पुरातत्व विभागबाट भाष्कर ज्ञवालीको नेतृत्वमा आएको एक टोलीले मूर्ति तथा सिक्का लिच्छवीकालीन भएको पुष्टि गरेको छ । 


भेटिएका पुरातात्विक मूर्ति तथा सिक्का विभागले मन्दिर निर्माण समितिलाई कै जिम्मामा छाडेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex