काठमाडौं । रिपोटर्स क्लबको आईतबार सम्पन्न २१ औ वार्षिकोत्सवमा बरिष्ठ सिने पत्रकार बिजयरत्न तुलाधरसहित विभिन्न व्यक्तित्वहरु सम्मानित भएका छन ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख अतिथ्यमा आयोजित सो कार्यक्रममा समाजमा विविध पक्षमा योगदान पुराएका व्यक्तित्वहरुलाई समेत सम्मानित गरिएको थियो ।
सम्मानित हुनेहरुमा कामना प्रकाशनका अध्यक्ष पुष्करलाल श्रेष्ठलाई एक लाख नगदसहित सम्मान प्रदान गरिएको थियो भने राजधानी पत्रिकाका ध्रुव लम्साल, क्रियाशील रहेका महिला पत्रकार सम्झना वन लगायतलाई प्रधानमन्त्री ओलीले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।
त्यसैगरी नेपाल भाषाका प्रथम चलचित्र पत्रकार बिजयरत्न तुलाधारलाई चलचित्र निर्देशन र चलचित्र पत्रकारिता क्षेत्रमा पुराएको योगदानको कदर गर्दै प्रम ओलीले विशेष सम्मान प्रदान गरेका थिए ।
रिपोर्टर्स क्लवका अध्यक्ष ऋषी धमलाको सभापतित्वमा भएको सो बार्षिकोत्सवमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पुष्पकमल दाहाल, सुचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटा, भारतीय राजदूत मञ्जिप सिंह पुरी, मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी लगायत विशिष्ट अथितिको रुपमा उपस्थित रहेका थिए ।
Categorized in समाज