४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

उपत्यकाको फोहर विसर्जनमा अवरोध, १०० बढी कन्टेनर रोकिए


प्रकाशित: बुधवार, २० चैत्र २०७५, ०८ः२० बजे
- महानगरखवर

काठमाडौं । उपत्यकाको फोहर विसर्जनमा नुवाकोट सिसडोलका स्थानीयवासीहरुले बुधवार विहान अवरोध सिर्जना गरेका छन । 


मङ्गलबार टिपरको ठक्करबाट नुवाकोटको ककनी गाउँपालिका–२ स्थित सिसडोलका १३ वर्षीय संजोक नेपालीको मृत्यु भएपछि उचित क्षतिपुर्तिको माग गर्दै उनीहरुले अवरोध सिर्जना गरेको छ । 


मृतका परिवार तथा स्थानीयहरुले उचित क्षतिपूर्ति, घाइते बालकलाई निःशुल्क उपचार र कक्षा १२ सम्म अध्ययनको व्यवस्था र दोषी चालकलाई कारवाहीको माग राखिएको छ । 


ट्रिपर दुर्घट्नामा परि गम्भिर घाईते भएका स्थानीय १२ बर्षिय राजन नेपालीको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । 


उपत्यकाबाट फोहर बोकेर आएका करीब १०० बढी कन्टेनरलगायतका सवारी विरोधका कारण सडकमा नै रोकिएका छन ।


फोहर बोकेर विसर्जन गर्न उपत्यकाबाट आएका गाडीलाई काठमाडाँैबाट नुवाकोट प्रवेश गर्ने सीमा तीनपिप्लेबाट आउन नदिएको ककनी गाउँपालिका–२ का वडाध्यक्ष केदार पौडेलले बताए ।


कामपाले ललितपुर महानगरपालिकामार्फत परिचालन भएको टिपर भएकाले समाधानका लागि सोही निकायबाट नै पहल गर्नुपर्ने बताएका छन । 


विरोधमा उत्रिएका पीडितपक्षले काठमाडौँस्थित ग्राण्डी अस्पतालमा रहेको शव बुझ्न अस्वीकार गर्दै आएका छन । 
 

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex