२ भाद्र २०८३, मंगलबार
Header

कांग्रेस नेतृत्वलाई दवाव दिन जिल्ला सभापतिहरुको राजधानीमा भेला


प्रकाशित: मंगलवार, १९ चैत्र २०७५, २१ः०० बजे
- महानगरखवर

काठमाडौँ । नेपाली कांग्रेसका नेतृत्वलाई दवाव सिर्जना गरी माग पुरा गराउन जिल्ला सभापतिहरुको २ दिने भेला राजधानीमा हुने भएको छ । 


भेलामा मुख्य रुपमा पार्टीका सबै पदाधिकारी र केन्द्रीय सदस्य वडा तहबाटै निर्वाचित हुनुपर्ने र पार्टीको आरक्षण सुविधा एक व्यक्तिका लागि एक पटक मात्र हुनुपर्ने विषयलाई जोड्दार साथ उठाइने बताइएको छ । 


बुधबारदेखि काठमाडौँमा हुन लागेको दुईदिने भेलामा पार्टीको संस्थापन पक्षका सभापतिको भने उपस्थिति नहुने बताइएको छ । 


नुवाकोटका जिल्ला सभापति जगदीशनरसिंह केसीले जिल्ला सभापतिको भेला बुधबार हुन लागेको भेलाले नेतृत्वलाई दबाब दिई मागसहितको घोषणापत्रसमेत जारी हुने बताए । 


सो भेलालाई संस्थापन पक्षले भने केही जिल्ला सभापतिका अनौपचारिक भेट मात्र हो भनी टिप्पणी गरेको छ । 


पार्टी सभापति शेरबहादुर देउवा पक्ष निकट मानिने भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले जिल्ला सभापतिका भेला हुने भन्ने हल्ला भए पनि कुनै औपचारिक भेला नभएको जानकारुी दिए । 


काठमाडौँका जिल्ला सभापति कृष्णसवुज बाँनियाले जिल्ला सभापतिको औपचारिक भेला नभए पनि सबै जिल्ला सभापति उपस्थिति भई छलफल हुने तथा साङ्गठनिक गतिविधिका सम्बन्धमा पार्टीले लिनुपर्ने निर्णयबारे चर्चा हुने बताएका छन । 


काङ्ग्रेस महासमिति बैठकको भावनाअनुसार पार्टी केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय जिल्ला सभापतिहरुको आरोप छ । काङ्ग्रेस महासमिति बैठक गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म काठमाडौँमा भएको थियो ।


महासमिति बैठकमा सबै पदाधिकारी र केन्द्रीय सदस्य वडा तहबाटै निर्वाचित हुनुपर्ने र पार्टीको आरक्षण सुविधा एक व्यक्तिका लागि एक पटक मात्र हुनुपर्ने विषय ठूलो मतका साथ उठेपनि पछि केन्द्रीय समितिले सो विषयलाई सम्बोधन नगरी निर्णय गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex