काठमाडौं । सांसद जीवनराम श्रेष्ठले डल्लु आवास व्यायाम पार्कको मंगलवार एक कार्यक्रम विच शिलान्यास गरेका छन ।
काठमाण्डौ क्षेत्र न. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत सो व्यायाम पार्क निर्माण गर्न लागिएको सांसद श्रेष्ठले बताए ।
सांसद श्रेष्ठले यस व्यायाम पार्कबाट स्थानीय जनसमुदाय र स्वयम्भुमा मर्निङवाक आउनेहरुका लागि विशेष हुने जानकारी दिए ।
डल्लु आवास, जग्गा एकीकृत आयोजना नेपालमा पहिलो शुरू भएको योजना भएकोले वडाको नेतृत्वमा नमुना आवास वनाउने कार्यमा आफ्नोतर्फ बाट पुर्ण साथ र सहयोग हुने सांसद श्रेष्ठको भनाई थियो ।
त्यसैगरी १५ वडा अध्यक्ष ईश्वरमान डंगोलले आवास आयोजना सन्चालन गर्दा भएका कामहरूका बारेमा जानकारी दिएका थिए भने आबासका सम्पूर्ण सडकहरू मर्मत र कालोपत्र हुने बताए ।
सो कार्यक्रममा १५ वडा सदस्यहरू आनन्दराम गौतम, मैयालक्ष्मी महर्जन र डल्लु आवास सहयोग समितिका अध्यक्ष राजा शाक्य लगायत स्थानीय जनसमुदायको उपस्थिति थियो ।
Categorized in समाज