२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

महानगरपालिकाले ‘सम्पदा पदमार्ग’ बनाउने


प्रकाशित: मंगलवार, १९ चैत्र २०७५, ०८ः१० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले वसन्तपुर दरवार स्क्वायरदेखि स्वयम्भूसम्म ‘सम्पदा पदमार्ग’ बनाउने भएको छ । 


काठमाडौं महानगरपालिका सहरी योजना आयोगले सम्पदा पदमार्गको डिजाइन तयार गरेका महानगरले जनाएको छ । 


विश्व सम्पदा सुचिकृत दुई सम्पदाको दुरी करिब २.८ किलोमिटर हुने योजना आयोगका अधिकृत सुशील सुवेदीको भनाई छ ।  


विश्व सम्पदा मूल समारोह समितिको आयोजनामा गत बर्ष ‘वल्र्ड हेरिटेज डे’ मा यस मार्गमा बृहत पदयात्रा गरिएको थियो । 


सम्पदा मार्ग बनाउन नक्सांकन तयार भईरहेको र मार्गलाई थप विकास गरी कला–संस्कृति झल्कने गरी डिजाइन तयार गरिएको आयोगका अधिकृत सुवेदीले बताए ।


सम्पदा पदमार्ग निर्माणका लागि काठमाडौं–८ का सांसद जीवनराम श्रेष्ठ र प्रमुख विद्यासुन्दर शाक्यले यसअघि नै चासो देखाएका थिए । 


अहिले बन्ने सम्पदा परम्परागत इँटा बिछाएर मानाईन छ ।  मार्गआसपासका बस्तीलाई व्यवस्थित गरिनेछ । यसका लागि स्थानीयलाई प्रोत्साहित गर्ने महानगरको योजना छ । 


परम्परागत शैलीको बस्ती विकास गरिने र त्यसमा कलात्मक रङरोगन गर्ने र नेवारी कला संस्कृति झल्काउने गरी योजना बनाइएको सुवेदीको भनाइ छ । 


पदमार्गमा हुने पर्यटकका लागि एटिएम, चार्जिङ स्टेसन, पानी पिउने स्थान, कफी सप, गिफ्ट सपका साथै नेवारी परिकार पाइने रेस्टुरेन्ट सञ्चालन गरिने छ । 


सम्पदा मार्ग निर्माणका लागि एकैपटक तीन–चारवटा टेन्डर आह्वान गर्ने महानगरको तयारी रहेको जनाएको छ । 



महानगरका प्रवक्ता एवम् १५ वडा अध्यक्ष ईश्वरमान डंगोलका अनुसार कला, संस्कृति, परम्परा र इतिहासलाई जीवन्त राख्ने दायित्वा साथ पदमार्ग निर्माण हुनेछ । 


काठमाडौं उपत्यका यस्तो क्षेत्र हो जहाँ संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठनद्वारा सूचीकृत ८ वटा विश्व सम्पदा स्थलहरु रहेका छन । 


यसमा हनुमानढोका दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथ, स्वयम्भू, बौद्ध, चाँगु नारायण र बुढानीलकण्ठ रहेका छन् ।


अझ विश्व सम्पदा स्थलहरु नजिककै दूरीमा रहनु काठमाडौंको अर्को विशेषता रहेको छ । जस्तो पशुपतिबाट बौद्ध र हनुमानढोकाबाट स्वयम्भू । तसर्थ युनेस्कोले सिङ्गो काठमाडौं उपत्यकालाई नै एउटा विश्व सम्पदा क्षेत्रको रूपमा लिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex