काठमाडौं । बारामा आईतबार राती गएको भिषण बर्षासँगै आएको हावाहुरीबाट मर्नेको संख्या ३१ पुगेको छ ।
बारा र पर्सामा ज्यान गुमाउनेको संख्या ३१ पुगेको भने ५०० भन्दा बढि घाईते भएको प्रहरीले जनाएको छ ।
हावाहुरीको कारण बारामा मात्रै २७ जनाको ज्यान गएको छ । मृतकहरुका पहिचान हुन समय लाग्ने बारा प्रहरीले बताउो छ ।
अहिले घाइतेको संख्या बढेपछि अस्पताल भरिएको र उपचारमा कठिनाइ भएको सरकारी अधिकारीहरुले बताएका छन । बिरामीको चापले रगतसमेत अभाव भएको छ ।
बारा र पर्सा मात्र नभई तराईका अन्य जिल्लाहरुको पनि हावाहुरीको असर परेकोले पुर्ण विवरण आउन समय लाग्ने भएको प्रहरीले जानकारी दिएको छ ।
यसै विच प्रदेश २ सरकारले गए राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश गहिरो दुःख प्रकट गरेको छ ।
सोमबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई रु तीन लाख तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ ।
त्यसैगरी सरकारले प्राकृतिक विपत्तिमा परेर घाइते भएकाको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र घरबार गुमेकाको वासस्थानका लागि प्रदेश सरकारले पहल गर्ने बैठकले निर्णय गरेको छ ।
Categorized in राष्ट्रिय