४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

अज्ञात व्यक्तिको गोली प्रहारबाट कपिलबस्तुमा एक जनाको हत्या 


प्रकाशित: सोमबार, १८ फागुन २०७५, ०८ः३० बजे
- महानगरखवर

काठमाडौं । अज्ञात व्यक्तिको गोली प्रहारबाट कपिलबस्तुमा एक जनाको हत्या भएको प्रहरीले जनाएको छ । 


गोली प्रहारबाट कपिलवस्तुको कृष्णनगरमा १ मा कृष्णनगर नगरपालिका–१० विद्यानगरका ४५ वर्षीय पारस पुरीको गएराति गोली लागेर मृत्यु भएको हो ।


घरमै बसिरहेको बेला पुरीमाथि मोटरसाइकलमा आएका व्यक्तिले ९ बजेतिर गोली प्रहार गरेर भागेका थिए । 


मतृक पुरीको छातीमा गोली लागेर गम्भीर घाइते भएको अवस्थमा  लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको कपिलवस्तु प्रहरीले बताएको छ ।


मृतक पुरी वैदेशिक रोजगारीमा मान्छे पठाउने एजेन्टको काम गर्दै आएका थिए । पुरीमाथि गोली हान्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex