काठमाडौं । गोदावारीमा अन्तर्राष्ट्रियस्तरको बहुउद्देशीय कवर्ड हल बन्ने भएको छ ।
गोदावरी नगरपालिका वडा नं ३ टौखेलमा नगरपालिकाको पहिचान तथा गौरव बढाउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा व्यापक प्रचारप्रसार गर्ने उद्देश्यका साथ उक्त हल निर्माण हुन लागेको नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताएका छन ।
टौखेल किटिनी माध्यमिक विद्यालयका नाममा रहेको २८ रोपनी जमीनको एक खाली भागमा सो हल निर्माण शुरु भएको हो ।
संघीय सांसद नवराज सिलवालले सिलान्यास गरेको हलको लागि सांसद विकास कोषबाट रु २० लाख बजेट विनियोजन गर्ने प्रतिवद्धता आएपछि कार्य अघि बढेको प्रमुख महर्जनको भनाइृ छ ।
“प्रदेश र केन्द्र सरकार दुवैसँग करीब रु एक करोडको बजेट माग गरिएको नगरपालिका नं ३ वडाध्यक्ष बालमुकुन्द घिमिरेले जानकारी बताए ।
वडा अध्यक्ष घिमिरेका कअनुसार सो हलमा फुटसल, ब्याटमिन्टन, भलिबल, बास्केटबल, क्रिकेट, कुस्ती, कबड्डी, योगलगायत स्थानीय सांस्कृतिक खेल खेल्न मिल्ने छ ।
हल निर्माणका लागि कति रकम सङ्कलन हुन्छ भन्ने अनुमान नगरपालिकासँग छैन ।
Categorized in मनोरन्जन