३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

पन्ध्रलाख चोरेको अभियोगमा भारतमा एक नेपाली पक्राउ


प्रकाशित: आईतबार, १७ चैत्र २०७५, ०८ः०० बजे
- महानगरखवर

काठमाडौं । भारतको राजस्थानबाट १५ लाख रुपियाँ चोरेर भागेका बैतडीका नागरिकलाई प्रहरीले घरबाटै पक्राउ गरेको छ । 


बैतडीको दशरथचन्द नगरपालिका–४ घर भएका ३२ वर्षीय नीरजबहादुर चन्दलाई गए राति उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 


भारतस्थित नेपाली दूतावासले पत्राचार गरेपछि चन्दलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 


पक्राउ परेका चन्दले प्रहरीलाई आफूले १४ लाख भारु मात्रै चोरेको स्वीकार गरेका छन । चन्द भारतको राजस्थानका राजेश गुप्ताको घरमा काम गर्दै आएका थिए । 


चोरेर ल्याएको रकममध्ये डेढ लाख मात्रै नगद फेला परेको र अरु कैलालीमा बुझाएको भनेकाले चन्दलाई कैलाली प्रहरीसमक्ष पठाउने तयारी भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex