काठमाडौं । विश्व सम्पदा क्षेत्र हनुमानढोकामा तिन दिने महिला उद्यमी हस्तकला व्यपार मेला शुक्रवार काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरेका छन ।
महानगर प्रमुख शाक्यले महानगर क्षेत्रभित्र अन्तरराष्ट्रिय स्तरको आधुनिक प्रदर्शनी स्थल निर्माण गर्ने बताउका छन ।
प्रदर्शनी स्थलको अवलोकनको क्रममा उनले व्यापारले सहरलाई गतिशील बनाउने भनाई व्यक्त गर्दै बस्तु उत्पादन गरेर मात्र नहुने बस्तुको राम्रो बजार बनाउनुपर्नेमा जोड दिए ।
सो अवसरमा उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले महानगरले महिला शशक्तिकरणका लागि खण्ड खण्डमा होइन एकीकृत रुपमा कार्यक्रम अघि बढाएको बताए ।
महानगरभित्र सीपमुलक तालिम लिएका महिलाहरुले उत्पादन गरेको यी सामाग्रीहरुले महिलाहरुको आय बृद्धिसँगै काम गर्ने हौसला बढ्छ । यसबाट समाज रुपान्तरणमा राम्रो परिणाम ल्याउने उपप्रमुख खड्गीको भनाई थियो ।
सो प्रदर्शनी स्थलमा हातले बनाएका १ सय रुपैयाँ मुल्यदेखि ५० लाख मुल्य सम्ममा सामान राखिएका छन ।
हातबाट निर्मित ढाका, बाँस तथा अल्लोका कपडा, आचर, मौलिक खानेकुरा, पोते, गरगहना, मूर्तिलगायत छन ।
महिला उद्यमशिलताकी अध्यक्ष बीणा गौतम शाक्यले दिनको १० हजार व्यक्तिले मेलाको अवलोकन गर्ने अपेक्षा रहेको जानकारी दिए । बताउनुभयो ।
१०९ औं नारी दिवसको अवसर पारेर महिला उद्यमशिलताले महानगरको सहयोगमा मेला आयोजना गरेको हो ।
Categorized in बजार