३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

मेयर शाक्यद्वारा जापानको मात्सुमोतो नगरका नागरिकलाई इन्द्रजात्रा अवलोकनको निम्तो


प्रकाशित: विहिवार, १४ चैत्र २०७५, ०८ः३० बजे
- महानगरखवर

काठमाडौंँ । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले जापानको मात्सुमोतो नगरका नागरिकलाई इन्द्रजात्रा अवलोकनका लागि निमन्त्रणा गरेको छ । 


नेपालका लागि जापानका राजदूत मासामिची साइगोसँग बुधवार भएकोभेटमा प्रमुख शाक्यले महानगरसँग भगिनी सम्बन्ध भएको मात्सुमोतो नगरका नागरिकलाई आउँदो इन्द्रजात्रा अवलोकन गर्न निमन्त्रणा गरेका हुन । 


सो अवसरमा राजदूत साइगोले दुई देशबीचको प्रगाढ सम्बन्ध जनस्तरसम्म पु¥याउन हातेमालो गर्ने र जापानले नेपाललाई उपलब्ध गराउँदै आएको सहयोगलाई विस्तार गर्दै लगिने सो भेटघाटमा भएको थियो । 


प्रमुख शाक्यले जापान सरकार र त्यहाँका नगरले नेपाल र नेपालका नगरको समृद्धिका लागि पु¥याएको सहयोगको प्रशंशा गरेका थिए । 


नेपालका लागि जापानका राजदूत मासामिचि साइगोले काठमाडौंको व्यवस्थापनका लागि आफू सहयोग गर्न तत्पर रहेको बताएपछि मेयर शाक्यले सडक संकेत बत्ती पुनस्र्थापनाको कुरा अघि सारेका छन । 


काठमाडौंका सडकमा जापान सहयोग नियोग जाइकाको सहयोगमा संकेत बत्ती राखिएका थिए । यिनीहरु अहिले चल्ने अवस्थामा छैनन । 


प्रमुख शाक्य र राजदूत साइगोबीच करीब ४५ मिनेट कुराकानी भएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex