३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

बैशाखदेखि न्यूरोडमा स्मार्ट पार्किङ, मोवाईलबाटै बुकिंग गर्न सकिने


प्रकाशित: बुधवार, १३ चैत्र २०७५, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिको बैशाखदेखि न्यूरोडका ५ स्थानमा स्मार्ट पार्किङको व्यवस्थापन गर्ने भएको छ । 


व्यापारिक क्षेत्र न्यूरोडमा पार्किङको अध्याधिक समस्या देखिएकोले महानगरले ब्हिल्स ट्रुली योर्स प्रा. लि. सँगको सहकार्यका यो सेवा शुरु गर्न लागेको जनाएको छ । 


न्यूरोडको रामेश्वर मिठाई पछाडिको भाग, बिशाल बजार अगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आर बि कम्प्लेक्स अगाडिको स्थानमा स्मार्ट पार्किङ्को व्यवस्था गरिएको छ । 


यी स्थानहरुमा एकपटकमा करीव ८०० वटा मोटरसाइकल र ४० वटा गाडी पार्किङ् गर्न सकिनेछ । 


प्रा. लि. का सूचना प्रविधि इञ्जिनियर हरिश अग्रवालका अनुसार ती ठाउँमा स्मार्ट अटोमेटेड पार्किङ् सिस्टम शुरु हुनेछ । नयाँ सडक जानु अघि उपभोक्ताले मोवाइलबाटै रियल टाइममा कुन ठाउँ खाली छ भनेर हेर्न र पार्किङ् गर्ने ठाउँ बुकिङ् गर्न सक्छन । 


त्यसैगरी सवारी धनीले यदि ठाउँ रिजर्भ नगरी पुगे अगाडि राखिएको स्क्रिन हेरेर पार्किङ् गर्ने ठाउँ हेर्न सक्छन । त्यस ठाउँको व्यवस्थापनका लागि गोप्रो क्यामरा सहितका पार्किङ् सहयोगीले सहयोग गर्नेछन । 


ती क्षेत्रमा पार्किङ् गर्दा दुई पाङ्गे सवारीकालागि प्रति घण्टा करबाहेक २० रुपैयाँ, चार पाङ्ग्रेका लागि प्रति घण्टा ५० रुपैयाँ र ६ पाङ्ग्रे वा सोभन्दा माथिका लागि प्रति घण्टा २०० रुपैयाँ शुल्क लाग्नेछ । 


महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले व्यवस्थित पार्किङ यतिखेर प्राथमिकतामा रहेकोले गर्दा स्मार्ट पार्किङको योजनान अघि सारेको बताएका छन ।


उनेल भने, ‘पार्किङ्लाई सहज बनाउन सकियो भने मात्र पनि सहरको यातायात प्रणालीमा ठूलो सुधार हुनेछ ।’


महानगर क्षेत्रका पार्किङ् स्थललाई क्षेत्र अनुसार शुल्क निर्धारण गरिएको छ । न्युरोड, धर्मपथ, कान्तिपथ, दरबारमार्ग लगायत भित्री सहरी क्षेत्र क्षेत्र नं. २ मा पर्छन । त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल, लैनचौर, सोह्रखुट्टेबाट बिष्णुमती लिङ्क रोडहुँदै टेकु र त्यहाँबाट त्रिपुरेश्वरसम्मको सडकले घेरिएको भाग भित्री सहरी क्षेत्र हो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex