काठमाडौं । सरकारद्धारा प्रतिबन्धित विप्लव माओवादी र प्रहरीविच अछाममा दोहोरो भिडन्त भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जिल्लाको रामारोशन गाउँपालिकाको बाटुलसैनमा मंगलबार दिउँसो दुई पक्षबीच गोली हानाहान भएको हो ।
विप्लव माओवादी कार्यकताले गस्तीमा गएको प्रहरीमाथि फायर गरेपछि भिडन्त भएको अछाम प्रहरीले जनाएको छ ।
भिडन्तमा प्रहरीको गोली लागी विप्लवका अछाम इञ्चार्ज सामान्य घाइते भएको प्रहरीले बताए ।
चन्द समूहका नेता–कार्यकर्ताको गतिविधि नियन्त्रणका लागि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।
यसअघि पनि काभ्रेमा दोहोरो भिडन्त भएको प्रहरीले दाबी गरेको थियो ।
Categorized in समाज