३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

समुदाय – प्रहरी अभियानमा ७५१ स्थानीय तहसँग सम्झौता


प्रकाशित: मंगलवार, १२ चैत्र २०७५, १५०० बजे
- महानगरखवर

काठमाडौँ । नेपाल प्रहरीको समुदायसँग हातेमालो गरी सुरक्षित समाज निर्माण अभियान अन्तर्गत ७५१ स्थानीय तहसँग सम्झौता भएको छ ।

 
‘समुदाय–प्रहरी साझेदारी’ अभियान सुरुभए यता ७४० स्थानीयतहमा पालिका समिति समेत गठन भइसकेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताए । 


स्थानीय तहसँग समझदारी कायम गरी साझा संयन्त्रको माध्यमद्वारा सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न सम्झौता गरिएको प्रहरी प्रवक्ता सुवेदीको भनाई छ ।  


पाँच महीनाअघि नेपाल प्रहरीले थालेको उक्त अभियानअन्तर्गत सात प्रदेशमा १६ हजार बढी समिति निर्माण भएको छ ।


‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ नाराका साथ गत कात्तिक ११ गतेदेखि शुरु भएको सो कार्यक्रमअन्तर्गत ७७ जिल्ला समिति, ७४० पालिका समिति, पाँच हजार २९३ वडा समिति, चार हजार ८८८ टोल समिति र पाँच हजार ८७४ विद्यालय सम्पर्क समिति गठन गरिएको छ । 


नागरिक समाज, स्थानीय सरकार, विभिन्न सङ्घसंस्था, विद्यालयसमेतको सहभागितामा कार्यक्रम थालिएको छ ।


प्रहरीका अनुसार प्रदेश नं १ मा एक हजार २७६, प्रदेश नं २ मा दुई हजार २४८, प्रदेश नं ३ मा दुई हजार ८३, प्रदेश नं ४ मा एक हजार ७४२ प्रदेश नं ५ मा तीन हजार १६९, कर्णली प्रदेशमा दुई हजार ३८८ र सुदूरपश्चिम प्रदेशमा दुई हजार १९५ वटा समिति गठन भएका छन । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex