काठमाडौँ । मानाव बेचविखनमा संग्लन फरार २ जनालाई कंलकीबाट प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीले मानव बेचविखन तथा ओसारपसार मुद्दामा फरार मकवानपुरका ३६ वर्षीया रुविना मोक्तान र ४० वर्षीय रुवी रुम्बालाई आइतबार कलङ्कीबाट पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले उनीहरुलाई सार्वजनिक गरेको छ ।
यसैगरी प्रहरीले जबर्जस्तीकरणी मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरले जबर्जस्तीकरणी मुद्दामा फरार सिन्धुलीका ३३ वर्षीय अर्जुन सुवेदीलाई आइतबार नयाँबजारबाट पक्राउ गरेको हो ।
Categorized in समाज