२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

कला नगरी ललितपुरमा बृहत कला तथा संस्कृति महोत्सव हुँदै


प्रकाशित: मंगलवार, १२ चैत्र २०७५, ०७ः०० बजे
- महानगरखवर

काठमाडौं । वल्ड क्राफट काउन्सिलबाट कला नगरी घोषित ललितपुरमा यही चैत्र १३ गते देखि १७ गतेसम्म ‘कला तथा संस्कृति महोत्वस – २०७५’ हुने भएको छ । 


सोमबार ललितपुर महानगरमा एक बृहत पत्रकार सम्मेलनको आयोजना गरेर महोत्सव बारे जानकारी दिईएको हो । 


काउन्सिलबाट ललितपुर महानगरलाई ३५ औं हस्तकला नगरी घोषणा गरेको विशेष अवसरमा ललितपुर महानगरपालिका– १६ ले यस महोत्सव गर्न लागेको बताएको छ । 


बृहत कला तथा सांस्कृतिकको माध्यमबाट परिचय स्थापित गर्न कला नगरी ललितपुरलाई महोत्समय बनाउने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिए । 


ललितपुर स्थित पाटन दरबार क्षेत्रमा हुने महोत्सवको उद्घाटन उपपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने जानारी दिँदै हस्तकला नगरीको उत्सव, कला संस्कृतिको महोत्सव भन्ने मूल नाराका साथ पाँच दिनसम्म संचालन हुने बताइएको छ । 


महोत्सवको प्रर्वद्धकमा नेपाल हस्तकला महासंघ, ललितपुर हस्तकला संघ, ललितपुर उद्योग वाणिज्य रहेका यस महोत्सवमा वडाभित्रका विभिन्न संघ, संस्थाहरु सह आयोजकको रुपमा हुनेछ । 


महोत्सवका मूल समारोह समितिका संयोजक एवं वडाअध्यक्ष निर्मलरत्न शाक्यले सो पत्रकार सम्मेलनमा महोत्सवको बारेमा पत्रकारहरुको प्रश्नको जवाफसँगै विस्तृत रुपमा बताएका थिए । 


नागबहाल टोल सुधार समितिको सहआयोजना र वसुवर्ण बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापनमा नागबहालमा धातुकला, मूर्तिकलाको करिब २५ वटा स्टल रहने छन । 


साथै महोत्स्वमा नेवारी खाजा र अन्य खाद्य परिकारको गरी पा“च वटा स्टल रहने भने इलाननीमा कलाकारहरुले धातुका मूर्तिमा बुट्टा कु“दिरहेको जीवन्त प्रदर्शनी हुने छ ।


त्यस्तै नकबहीलस्थिल लोकाकिर्ति महाविहारमा चीनपछिको लिपिपछिको दोस्रो लिपिको रुपमा रहेको रञ्जना लिपि लेखन विधिबारे प्रदर्शनी गरिने छ ।


त्यसैगरी इलाननीमा कलाकारहरुले धातुका मूर्तिमा बुट्टा कु“दिरहेको जीवन्त प्रदर्शनी हुने छ ।


नकबहील टोल सुधार समितिको सहआयोजनामा सो बहीलमा महोत्सव अवधिभर गेडागुडीको मण्डला प्रदर्शनी हुने छ।हरेक वर्ष मंसिर पूर्णिमा सकिमना (पून्हि) का दिन नेवार समुदायमा हलिमली ब्वयेगु भनि गेडागुडीको मण्डला, देवीदेवताको आकृति बनाउने परम्परा रहेको छ । 


सो परम्पराको प्रतिकको रुपमा सो महाविहारमा प्रदर्शनी हुन लागेको हो । त्यस्तै सो महाविहारमा हरेक वर्ष दशैंको अवसरमा हुने अष्टमातृका नाचको झझल्को दिने गरी देवीदेवताको मुखाकृतिको प्रदर्शनी गरिने छ। महाविहारसंगैको नकबहीलमा सांस्कृतिक प्रदर्शनी हुने छ।नकबहीलमा फल्चामा (पाटीमा) मच्छिन्द्रनाथ बनाउने विधिको जीवन्त प्रदर्शनी हुने छ ।


त्यसैगरी भाष्करदेव संस्कारित लोकाकिर्ति महाविहार न्याखाचोकमा बज्रचार्य पुजाविधिको सहयोगमा मानिस जन्मदेखि नमरुञ्जेलसम्म गर्नुपर्ने दशकमं संस्कारमा र विभिन्न पुजाविधिमा प्रयोग गरिने सामग्रीको प्रदर्शनी हुने छ ।


त्यस्तै स्वठ टोल सुधार समिति सहआयोजनामा नेवारी परम्परागत भेषभुषा प्रदर्शनी, सांस्कृतिक नृत्य एवं सांगितिक कार्यक्रम हुने छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex