२३ आषाढ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

धितोपत्र बोर्डमा सेयर बजारका लगानीकर्ताद्धारा तालाबन्दी


प्रकाशित: आईतबार, १० चैत्र २०७५, ११ः२० बजे
- महानगरखवर

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा सेयर बजारका लगानीकर्ताहरुले ताला आईतबार विहन लगाईदिएका छन । 


केहि साता पहिले लगानीकर्ताहरुले चरणबद्ध रुपमा सेयर बजार सुधार र विस्तारका लागि आन्दोलन गरिरहेका छन ।  लगानी कर्ताहरुको दबाव समूहले जावलाखेलस्थित धितोपत्र बोर्डको कार्यालयमा ताला लगाएको हो ।


ताला लगाउन समूहका अध्यक्ष हरि ढकाल, महासचिव नयन बास्तोला लगायतको टोलिले तालाबन्दी गरेपछि एक कर्मचारीहरु कार्यलमै थुनिएका दबाब समूहका महासचिव बास्तोलाले बताए । 


यसअघि नेपाल स्टक एक्सचेन्ज घेराउ हुँदै आमरण अनसनसम्म बसेको लगानीकर्ताहरुको उक्त समूहले आफ्ना पुरानै मागहरु अघि सार्दै गत फागुन २८ गते आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको थियो ।


समूहले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामालाई मुख्य माग बताएको छ । अर्थमन्त्री खतिवडा पुँजी बजार विरोधी भएको उनीहरुको ठहर  छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex