काठमाडौं । महानगरीय प्रहरी जनसेवा बृतमा नवनियुक्त प्रहरी नायव उपरिक्षक बासुदेव खतिवडालाई स्वागत गरिएको छ भने प्रहरी नायव उपरिक्षक टेकुनन्द इवालाई एक कार्यक्रविच विदाई गरिएको छ ।
सामुदायिक सेवा केन्द्र, महांकलको आयोजनामा विशाल बजारस्थित सासा ब्यांकेटमा आयोजित कार्यक्रममा खतिवडाको स्वागत र ईवाको विदाई गरेको हो ।
कार्यक्रमका प्रमुख अथिति रहेका काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले विगतमा आफू सामुदायिक केन्द्रको अध्यक्ष हुँदा प्रहरीसँगको सहकार्यका समुदायका हितमा थुप्रै काम गरेको अनुभव सुनाएका थिए ।
स्थानीयवासी नै प्रहरीको पहिलो सुचक हुने भएकोले प्रहरीले स्थानीयवासीको मन जित्नु पहिलो काम भएको प्रमुख शाक्यको भनाई थियो ।
प्रमुख शाक्यले प्रहरीसँग मिलेर महानगरपालिको शान्ति सुरक्षा व्यवस्था गर्न हालसालै सहरको निगरानी राख्न सिसि क्यामेरा जडानको लागि ३ करोड उपलव्ध गराएको जानकारी दिँदै स्थानीय समुदाय, क्लव, संघ, संस्थासँग सुरक्षित र सुन्दर सहर बनाउन अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
जनसेवा बृतबाट विदाई भएका प्रहरी नायव उपरिक्षक ईवाले आफ्नो एक बर्षको अनुभवहरु सुनाउँदै स्थानीय समुदाय, संघ, संस्थाले गरेको सहयोगको प्रंशसा गर्दै धन्यावाद दिएका थिए ।
बृतमा भर्खरै कार्यभार सम्माल्न आईपुगेका प्रहरी नायव उपरिक्षक खतिवडाले सबै सहयोग साथ लिएर स्थानीय शान्ति सुरक्षामा ध्यान दिने, उपत्यका महत्वपूर्ण जात्रा पर्वमा पूर्ण सुरक्षाको प्रतिवद्धता व्यक्त गरेका थिए ।
उनले यस क्षेत्रका सुरक्षा व्यवस्थामा आफ्नो जिम्मेवारीलाई गम्भिरताका साथ पुरा गर्ने बताए ।
सो कार्यक्रममा सेवा केन्द्रका उपाध्यक्ष पवित्र बज्राचार्यले स्वागत मन्तव्य दिएका थिए भने विभिन्न संघ, संस्थाका प्रतिनिधि तथा स्थानीयहरुले प्रहरी नायव उपरिक्षकद्वय खतिवडा र ईवालाई खादा तथा माला लगाई स्वागत तथा विदाई गरेका थिए ।
कार्यक्रममा २७ वडा अध्यक्ष चिनियाँमान बज्राचार्य, सेवा केन्द्रका सचिव तथा पूर्व वडा अध्यक्ष सुभानकुमार श्रेष्ठ लगायतका उपस्थिती रहेको थियो ।
सेवा केन्द्रका अध्यक्ष विकासभक्त श्रेष्ठका सभापतित्वमा सम्पन्न सो कार्यक्रम महासचिव विजयकृष्ण श्रेष्ठले सञ्चालन गरेका थिए ।
Categorized in समाज