२८ कार्तिक २०८३, शुक्रबार
Binod Yojesh Ram

जथाभावी रंग नदल्न आग्रह गर्दा प्रहरीमाथि कुटपिट


प्रकाशित: विहिवार, ७ चैत्र २०७५, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । जथाभावी होली नदल्न आग्रह गर्दा दाङमा प्रहरीमाथि निर्घात कुटपिट भएको छ । 


जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत जितबहादुर चौधरी माथि जर्वजस्ती होली खेल्ने युवाहरुको समुहले कुटपिट गरेको प्रहरीले बताएको छ । 


तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ निवासी चोधरी होली मनाउन बिदा लिएर घर आएका बेला एक युवती जवरजस्ती होली दल्ने युवाहरुलाई सम्झाउन खोज्दा चौधरी माथि कुटपिट गरी गम्भिर घाईते बनाएका हो ।


उनको तुलसीपुरस्थित सिटी हस्पिटलमा प्रारम्भीक उपचार पछि थप उपचारको लागि बिहीबार दिउँसो बाँके रेफर गरिएको छ ।


घाइते चौधरीको दिदी सीता चौधरीका अनुसार आफ्नो साईला बुवाको छोरी शोभालाई १०÷१२ जनाको संख्यामा आएका युवाले बलजफती लखेटी लखेटी होली दल्न थालेपछि प्रहरी जवान चौधरी छुटाउन गएको समयमा कुटपिटमा परेका थिए ।


यसैबीच प्रहरीले कुटपिटमा संलग्न  स्थानीय १८ वर्षीय केशर बस्नेतलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika