४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरले शुक्रवारदेखि ब्रुमरले सडक सफा गर्दै


प्रकाशित: मंगलवार, ५ चैत्र २०७५, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रवारदेखि राजधानीको सडक ब्रुमर (यान्त्रिक कुचा)ले नियमित सफा गर्ने भएको छ । 


ब्रुमरले रत्नपार्कबाट सडक सफा गर्ने सुरुवात गर्ने कामपाले जनाएको छ । गत सोमबार इटलीबाट काठमाडौँ ल्याएको हो । 


कमपा प्रवक्ता एंव १५ वडा अध्यक्ष प्रवक्ता ईश्वरमान डङ्गोलले सञ्चालनको तयारीको सबै काम सकी प्रयोगमा ल्याएको जनाएको छ । 


उनका अनुसार नियमित रुममा कुन कुन सडकमा उक्त यन्त्रले सफा गर्ने भन्ने विषयमा कामपा प्रमुखसँग छलफल भएको छ । 


कानूनी रुपमा आठ मिटरभन्दा कम चौडाइका सडक मात्र कामपाकोे जिम्मेवारीमा पर्छ । अबको केही दिनमा कुन कुन स्थानमा उक्त यन्त्र प्रयोग गर्ने भन्ने यकिन हुने प्रवक्ता डंगोलले बताए । 


ती ब्रुमर रु १० करोड ८० लाखमा ल्याएको कामपाले जनाएको छ । 


यसअघि विशिष्ट व्यक्तिको आवतजावत रहेका बेला सडक विभाग र महानगरपालिकाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई ब्रुमरले सडक सफा गरिँदै आएको थियो । 


 राष्ट्रिय सभागृहमा राखिएको पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा छ टन क्षमताका छन । 


ती ब्रुमरमा दिनमा १० किलोमिटरसम्मको धूलो सङ्कलन गर्न सक्ने क्षमताको रहेको छ । युरो मापदण्डका भनिएका उक्त ब्रुमरमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहित धूलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएको छ । 


पछिल्लो समय निर्माण तीव्ररुपमा भई धूलो बढिरहेका अवस्थामा ती ब्रुमरले ठूलो सहयोग पुग्ने विश्वास कामपाले लिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex