काठमाडौं । सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा खेमराज लामिछाने निर्वाचित भएको छ ।
कम्पनीको प्रथम बार्षिक साधारणसभा सञ्चालक समितिको बैठकले लामिछानेलाई अध्यक्षमा चयन गरेको हो ।
बैठकले कम्पनीका संस्थापक शेयरधनी समुहवाट ४ जना नयाँ सञ्चालकहरु खेमराज लामिछाने, सोनाम ग्याच्छो, दिलिप श्रेष्ठ र डा. हेमन्त दवाडी निर्वीरोध चिर्वाचित गरेको छ ।
गत असार २७ बाट कारोबार सुरु गरेको कम्पनीले नेपाल वित्तिय प्रतिवेदन मान (एनएफआरएस) बमोजिम वित्तिय विवरण तयार पारेको छ ।
कम्पनीको प्रधान कार्यालय सहित १२ वटा शाखा कार्यालयहरु, ५ वटा तेश्रो पक्ष बीमा काउन्टर तथा ३ वटा शाखाहरुवाट बाली तथा पशु बीमा सेवा उपलव्ध गराउँदै आएको छ ।
Categorized in बजार