काठमाडौं । फेसबुकले प्रयोगकर्ताका डाटाको अनधिकृत प्रयोग बन्द गर्ने उद्देश्यसहित हजारौ एपहरुमाथि निगरानी राखेको समाचार ऐजेन्सीले जनाएको छ ।
केही समय अघि प्रयोगकर्ताको डाटा चोरी भएको आरोपमा फेसबुकका संस्थापक मार्क जुकरवर्गले कठिन सामाना गर्नु परेपछि प्रयोगकर्ताको डाटा सुरक्षाको डाटा सुरक्षाको लागि आवश्यक कदम चालेको छ ।
प्रयागकर्ताको डाटा दुरुपयोग गर्ने एपहरुमाथि कारवाही गर्ने कार्य सुरु गरेको पहिलो चरणमा फेसबुकमा क्रियाशील २ सय वटा एपलाई कार्वाही स्वरुप निलम्बन गरेको छ ।
बन्द गरिएका एपहरुको नाम सार्वजनिक नगरिएपनि प्रयोगकर्ताका डाटाहरुको दुरुपयोग गरे नगरेको विषयमा गहन अनुसन्धान निलम्बन गरिएको जनाएको छ ।
गत मार्च २१ मा फेसबुक संस्थापक मार्क जुकरबर्गले एक घोषणा गर्दै सन् २०१४ अघि प्रयोगकर्ताका डाटामा पहुँच रहेका एपहरुमाथि अनुसन्धान गरिने घोषणा गरेका थिए ।
Categorized in प्रबिधि