४ भाद्र २०८३, बिहिबार
Header

सयभन्दा बढिलाई अंकमाल गर्दै नेपालबाट विश्व रेकर्ड दावी


प्रकाशित: २०७५ चैत्र ३ आइतबार
- करुण

एक मिनेटमा सयभन्दा बढिलाई अंकमाल गर्दै नेपालका समिट तिमिल्सिनाले विश्व रेकर्ड दावी गरेका छन् । 
 

आइतबार नेपालटारस्थित गुरुकुल पब्लिक स्कुलमा आयोजित एक कार्यक्रममा समिट तिमिल्सिनाले एक मिनेटमा १ सय १३ जनासँग अँंकमाल गरेका हुन् ।
 

गुरुकुल पब्लिक स्कूलमै कक्षा ८ मा अध्यननरत १४ वर्षिय विद्यार्थी समिटले १ सय १३ जनालाई अंकमाल गर्दै अमेरिकाका जेसोन राइटरको रेकर्ड तोडेका हुन् । जसोनले सन् २०१७ अक्टोबर मा ८६ जनासँग अंकमाल गर्दै रेकर्ड  कायम गरेका थिए ।
 

कार्यक्रममा पूर्व रक्षामन्त्री भिमसेनदास प्रधान, तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहराको साथै विद्यालय परिवार, अभिभावकबाट शुभकामना दिइएको थियो ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex