काठमाडौं । नेपाल आदिबासी जनजाति महासंघ बेलायतले २५ औ बिश्व आदिबासी दिवस भव्य रुपमा मनाउने भएको छ ।
महासंघको शनिवार लण्डनस्थित गोल्डेन शिप रेष्टुरेन्टमा सम्पन्न बार्षिक साधारणसभा (संघीय परिषद) बैठकमा सो निर्णय गरिएको महासंघले जनाएको छ ।
महासंघले २०१९ लाई १० अगष्ट शनिबारको दिन मनाउने बिषयमा बृहत छलफल गरेको छ ।
त्यसैगरी सो सभामा महासचिव लिम्बुबाट संगठनिक प्रतिबेदन, कोषाध्यक्ष विसन गुरुङबाट आर्थिक प्रतिबेदन र महिला महासंघकी अध्यक्ष बिमला राइबाट पेश भएको प्रगति प्रतिबेदनलाई सभाले अनुमोदन गरेको छ ।
बैठकमा संस्थाको भावी योजना बिषयमा गरिएको थियो । संघीय परिषद बारे साथै महासंघको बर्तमान अवस्था बारे उपस्थित सम्पूर्णले पालै पालो अआफ्नो सुझाव र बिचार प्रस्तुत गरेका थिए ।
बैठकमा मनोनित सल्लाहकारहरुलाई स्वागत गरिदै नियुक्ति पत्र प्रदान गरिएको थियो । यसै गरि जातिय संस्थाका नव निर्वाचित अध्यक्षहरुलाई पनि महासंघले स्वागत गर्दै सम्मान गरेको थियो ।
त्यसैगी सो बैठकमा टिकापुर काण्डमा दोषी ठहराई रेशम चौधरी लगायत अन्य ११ जना निर्दोषलाई सरकार दुवारा जन्म कैद गरिएको बारेमा घोर भत्र्सना गरेको छ ।
सभासले सो राजनीतिक मुद्दा भएकोले राजनीतिक तहबाट हेरिनु पर्छ भन्दै प्रेश बिज्ञप्ति जारि गर्ने निर्णय गरेका छ ।
नेपाल आदिबासी जनजाति महिला महासंघ बेलायत, नेपाल आदिबासी पत्रकार महासंघ बेलायत, किरात राइ यायोख्खा बेलायत, किरात सुनुवार सेवा समाज बेलायत, किरात याक्थुम चुम्लुङ्ग बेलायत, मगर संघ युके, तमुधि युके, पुन समाज युके ,तामाङ्ग सोसायटी युके ,शेर्पा शंघ युके ,दुरा समाज युके लगायत महासंघमा आबद्द अन्य जातिय संघ संस्थाका पदाधिकारीहरु , सल्लाहकारहरु ,संघिय परिषदका सदस्यहरु र परिबेक्षकहरुको उपस्थिति रहेको थियो ।
अध्यक्ष जंग सुनुवारको अध्यक्षता बसेको बैठकलाई महासचिव खुशी लिम्बुले संचालन गरेका थिए ।
Categorized in समाज