काठमाडौं । सिके राउत नेतृत्व स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक आईतबारबाट सिराहमा हुँदैछ ।
भोली सम्म चल्ने सो बैठकमा नेपाल सरकार र राउत नेतृत्व गठबन्धविच भएको ११ बुँदे सहमतिको विषयमा छलफल तथा भावी रणनीतिबारे छलफल हुने भएको जनाएको छ ।
राउते आफ्नो फेसबुक पोष्टमा हिन्दीमा गठबन्धनको बैठकबारे जानकारी दिँदै बैठकमा सहभागी हुन आउनेले अनिवार्य नागरिकता ल्याउन सुचना जारी गरेको छ ।
बैठकमा सहभागी हुनेले अनिवार्य नागरिकता साथमा लिएर जानु पर्ने भएको छ ।
Categorized in राष्ट्रिय