४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

विश्व सम्पदा क्षेत्रमा ब्लड डोनर्स एशोसियनको रक्तदान


प्रकाशित: आईतबार, ३ चैत्र २०७५, ०८ः२० बजे 
- महानगरखबर

काठमाडौँ । सम्पदा, सांस्कृतिकको पहिचान गराउने उदेश्यले ब्लड डोनर्स एशोसिएशन नेपालले विगत केही समयदेखि विश्व सम्पदा क्षेत्रमा रक्तदान गर्दै आएको छ ।


युनेस्कोले परिचालन गराएको विश्व सम्पदा सांस्कृतिक सम्पदाको परिचय प्रवद्र्धनका साथै रक्तदान गरौँ भन्ने सचेतनाको विकासका लागि रक्तदान कार्यक्रम आयोजना संस्थाका उपाध्यक्ष सूर्यलाल महर्जनले जानकारी दिए । 


उपाध्यक्ष महर्जनले विश्व सम्पदा क्षेत्रमा सूचीकृत स्वयम्भू, बौद्ध, चाँगुनारायण, काठमाडौँ दरबार क्षेत्र, पाटन दरबारक्षेत्र, भक्तपुर दरबार क्षेत्र र लुम्बिनीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको बताएको छ ।


सो संस्थाले शनिबार पत्रकार सम्मेलन गरी नेपालमा रक्तदानको महत्व बढ्दै गएको बताउँदै रक्तदानबाट मानिसको जीवन रक्षाका लागि सहयोग मिल्ने उपाध्यक्ष महर्जनले बताए । 


महर्जनले अहिलेसम्म १०० पटक रक्तदान सो पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । 


संस्थाको काठमाडौँ शाखाका सचिव अनिलरत्न तुलाधरले नेपाल मात्रै नभएर भारत, बङ्गलादेश, पाकिस्तान, चीनलगायतका विश्वका जुनसुकै देशमा नेपालबाट रगत उपलब्ध गराइरहेको बताए ।  


सचिव तुलाधारका अनुासर संस्थाकै समकक्षी भारतीय संस्थाको सहयोगमा रगत उपलब्ध गराउने काम भइरहेको छ ।


उनले भने, भाइवर, इमो, फेसबुक मेसेन्जरलगायतका सामाजिक सञ्जालमार्फत रगत उपलब्ध गराउँदै आएको छौं ।’


तुलधारले रक्तदानको महत्व र आवश्यक्तालाई सबैले बुझन आवश्यक रहेको विषयमा जोड दिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex