काठमाडौँ । सरकारले वि.स. २०७६ सालको विदा सार्वजनिक गरेको छ ।
राजपत्रमा शुक्रवार सूचना प्रकाशित गर्दै २०७६ सालका सार्वजनिक बिदा सार्वजनिक गरेको हो ।
आगामी बर्षको लागि सरकारले पर्व विदा, महिला कर्मचारीका लागि मात्र बिदा, शिक्षण संस्थाका लागि मात्र बिदा, जात्रा बिदा, दशैँ, तिहार बिदा, दिवस बिदा, दिवस जयन्ती बिदा र सट्टा बिदा भनेर विभिन्न शिर्षकमा विदा छुटाएको छ ।
पर्व बिदाः–
नववर्ष वैशाख १, शिवरात्रि फागुन ९ र फागु पूर्णिमा पहाडी तथा भित्री मधेशका ५८ जिल्लामा फागुन २६ र अन्य जिल्लामा फागुन २७ गते बिदा ।
धर्म, संस्कृतिक विदाः–
किराँत÷राई याख्था, सुनुवार, लिम्बू जातिका उभौली पर्व जेठ ४, गौरा पर्व भदौ ६, इद पर्वका अवसरमा विदा ।
त्यसैगरी छठ पर्व, इस्लाम धर्मावलम्बीको पर्व बकर इद (इदुल जोहा), किराँत जातिको उधौली पर्व, यमरी पुन्ही, ज्यापू दिवस मङ्सिर २६, इसाई धर्मावलम्बीहरुको क्रिसमस डे पुस ९, तमु ल्होसार पुस १५, माघे सक्राङ्न्ति माघ १, सोनाम ल्होसार माघ ११, ग्याल्पो ल्होसार फागुन १२, सिरुवा पावनी पर्व (झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरी), धवाथाम्बु छेउचिक पर्वका दिन त्यस्तो पर्व मनाउने जिल्लामा सार्वजनिक बिदा दिइने छ ।
महिला विदाः –
भदौ १६ गते हरितालिका तीज र असोज ५ गते जितिया पर्व मनाउने जिल्लामा सार्वजनिक बिदा दिइएको छ । यसैगरी शिक्षण संस्थाका लागि वसन्तपञ्चमी माघ १६ गतेका दिन बिदा दिइने छ ।
जात्रा विदाः–
जात्रा बिदामा काठमाडाँै उपत्यकाका लागि मात्र चार जात्रामा सार्वजनिक बिदा दिइने भएको छ । गाइजात्रा साउन ३१, इन्द्रजात्रा भदौ २७, मछिन्द्रनाथको भोटो देखाउने जात्रा ९सो जात्रा देखाउने दिन० र घोडे जात्रा चैत ११ गते सार्वजनिक बिदा दिइने छ ।
दशै विदाः–
सरकारले दशै बिदा पाँच दिन दिने भएको छ । फूलपातीदेखि एकादशीसम्म (असोज १८–२२) सम्म दशैँ बिदा हुनेछ ।
लक्ष्मीपूजादेखि भाईटीकासम्म तीन दिन तिहार बिदा हुनेछ ।
दिवस विदाः–
दिवस बिदाअन्तर्गत विश्व मजदुर दिवस (वैशाख १८), संविधान दिवस (असोज ३), अन्तर्राष्ट्रिय महिला दिवस (फागुन २५) र अन्तर्राष्ट्रिय अपाङ्गता दिवस (मङ्सिर १७) अपाङ्गता भएका सम्पूर्ण कर्मचारीलाई सार्वजनिक बिदा दिइने भएको छ ।
जन्मजयन्ती बिदाः–
बुद्ध जयन्ती जेठ ४ गते , सम्बन्धित धर्मावलम्बीका लागि गुरुनानक जयन्ती कात्तिक २६, फाल्गुनन्द जयन्ती कात्तिक २५गते बिदा दिइने छ ।
कार्यलय खुला रहने दिवशः–
गणतन्त्र दिवस जेठ १५, निजमती दिवस भदौ २२, राष्ट्रिय एकता दिवस पुस २७, राष्ट्रिय शहीद दिवस माघ १६, राष्ट्रिय शहीद दिवस माघ १६, राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७, जातीय भेदभाव तथा छूवाछूत उत्नमूलन राष्ट्रिय दिवस जेठ २१ गते लाई राष्ट्रिय दिवसका रुपमा मनाइए पनि कार्यालय भने खुल्ला रहनेछन ।
Categorized in राष्ट्रिय