काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री तिर्थराम डंगोललाई मातृशोक परेको छ ।
नेता डंगोली ममतामयी आमा नानीमैंजु डङ्गोलको बिहीबार राति ९८ वर्षको उमेरमा आफ्नै निवास कुलेश्वरमा निधन भएको नेपाली काङ्ग्रेस काठमाडौँका नेता गणेश रिजालले जानकारी दिए ।
स्व डङ्गोलको आज (शुक्रवार) टेकुस्थित दोभानमा अन्त्येष्टि गरिएको छ । स्व डङ्गोलका तीन छोरा र एक छोरी छन जसमध्ये नेता डङ्गोल जेठो छोरा हुन ।
Categorized in समाज