काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीको बन्द आह्वान काठमाडौं उपत्यकामा सामान्य देखिएको छ ।
उपत्यकामा विहान यातायात कम देखिएपनि कार्यलय समयमा भने सवारी साधानको चाप बढेको महानगरीय ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
बन्दका कारण बिहानैदेखि सार्वजनिक सवारी साधन अन्य दिनभन्दा कम चलेको छ । शैक्षिक संस्था भने पूर्ण रुपमा बन्द भएको छ ।
उपत्यका सामन्य प्रभाव देखिएपनि पोखरामा भने बन्दबाट प्रभावित बनेको छ ।
विहानै देखि सार्वजनिक यातायात बन्द देखिुनका साथै शिक्षण संस्थामा पठनपाठन ठप्प भएको छ । बजार क्षेत्रमा पनि अधिकांश पसल बन्द छन ।
बिहान पोखराको सभागृह चोक र भण्डारढीकमा देखिएको शंकास्पद बस्तुलाई बम डिस्पोजल टोलीले निष्क्रिय पारिदिएको कास्की प्रहरीका प्रवक्ता रवीन्द्रमान गुरुङले बताएका छन ।
Categorized in राष्ट्रिय