४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

अज्ञात समूहद्धारा ट्रकमा आगजानी


प्रकाशित: विहिवार, ३० फागुन २०७५, ०८ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंबाट हेटौडातर्फ जाँदै गरेको एक ट्रकमाथि गएराती मकवानपुरमा आगजानी भएको छ । 


प्रहरीका अनुसार अज्ञात समूले मकवानपुरको थाहा नगरपालिका–४, नयाँगाउँमा आगजनी गरेको हो । 


ना ५ ख ७४११ नम्बरको हेभी इक्वीपमेन्ट बोक्ने ट्रेलर गाडी गएराति १२ बजे आगजनी गरेको प्रहरीले जानकारी दिएको छ । 


मास्क लगाएको अज्ञात समूहले गुडिरहेको गाडी रोकेर चालक तथा सहचालकलाई बसबाट ओराली पेट्रोल छर्केर आगजनी गरेको थियो । 


सो आगलागीबाट ट्रकको अगाडिको भाग पूरै जलेको छ तथा आगो नगरपालिकाको दमकलले नियन्त्रण लिएको प्रहरीले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex