काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल नगरपालिका संघको २६ औं बार्षिकोत्सवलाई सम्बोधन गरेका छन ।
बुधवार काठमाडौंमा आयोजित बार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रम ओलीले जनतामा रहेका विकास सम्बन्धि चाहना स्थानीय सरकारले पूरा गर्नु बताएका छन ।
प्रम ओलीले नेपालले राजनीतिक अधिकार प्राप्तिको युग पार गरिसकेकले अब स्थानीय सरकारले नबिन सोचका साथ समृद्धिमा अग्रसर हुनुपर्ने बताए ।
संघका अध्यक्ष अशोक व्याञ्जुले स्थानीय सरकारले उपभोग गर्न पाउनु पर्ने अधिकारलाई कानून निर्माण गर्दा सावधानी भएर हेर्नु पर्ने खाँचो देखाए ।
संघ सरकारले स्थानीय सरकारलाई मजबुत बनाउने पक्षमा परिपक्व काम गर्नेछ भन्ने मेरो आशा हो, अध्यक्ष व्याञ्जुको भनाइ थियो ।
त्यसैगरी संघका महासचिव भीम ढुङ्गानाले विगतमा सम्पन्न कामको परिणाम महसुस गर्ने बेला आएको धारणा राखे ।
संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले आपसी सिकाइबाट शुशासन र समृद्धि सुनिश्चित गर्ने दिशामा संघका काम प्रभावकारी हुने दावी गरे । सभामा नेपालका लागि स्वीजरल्याण्ड र जर्मनका राजदूतले नेपालमा स्थानीय सरकारको संस्थागत बिकासमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।
त्यस्तै डिएफआइडि, युनाइटेड नेसन नेपालका प्रतिनिधिहरुले लोकतन्त्रको जग बलियो बनाउन स्थानीय सरकारलाई क्षमतावान बनाउनु जरुरी भएको र त्यो अभियानमा आफूहरु जोडिएर काम गर्न तयार रहेको बताए ।
समारोहमा संघको महिला बिभागका पदाधिकारीलाई शपथ ग्रहण गराइएको थियो । त्यस्तै सूचना तथा सञ्चार व्यवस्थापन, सरसफाइ र दिशाजन्य लेदो व्यवस्थापनमा सहयोग गर्न सहमति पत्रमा हस्ताक्षर गरिएको थियो ।
सहमति पत्रमा संघका तर्फबाट अध्यक्ष व्याञ्जुले र नगरहरुका प्रमुखहरुले हस्ताक्षर गरेका थिए ।
Categorized in समाज