१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

मलेसियामा अलपत्र २३ नेपालीको उद्धार


प्रकाशित: बुधवार, २९ फागुन २०७५, १९ः२० बजे
- महानगरखबर

काठमाडौँ । मलेसियामा हवाई टिकटको खर्च व्यहोर्न नसकी  अलपत्र परेका २३ नेपालीको उद्धार गरिएको छ । 


मलेसियाका सिमोनिया, बुकिट जलिल र सेपांगमा अलपत्र परेका उनीहरुलाई नेपालीलाई त्यहाँस्थित नेपाली राजदूतावासको प्रयासमा उद्धार गरिएको हो । 


घर फिर्ती केन्द्रमा अलपत्र परेका उनीहरूलाई उद्धार गरिएको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ । 


लामो समयसम्म घरफिर्ती केन्द्रमा रहँदा शारीरिक तथा मानसिक समस्या उत्पन्न हुने वास्तविकतालाई दृष्टिगत गरी दूतावासले हवाई टिकट उपलब्ध गराएर यथाशीघ्र उद्धार गर्दै आएको छ ।


उक्त दूतावासले बुधवार विज्ञप्ति जारी गरी अलपत्र परेका नेपालीलाई घर फिर्ता पठाउने अभियान निरन्तर जारी राख्ने बताएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex